Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा एक जीप चालक माथी निर्घात कुटपीट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा एक जीप चालक माथी कुटपीट भएको छ । बिहिबार पाटन नगरपालिका–५का जीप चालक खेमराज पाण्डेयलाई पाटन–६ का लक्ष्मण भण्डारीले कुटपीट गरेको पीडित पाण्डेयले बताए ।
उनले भने, म जिल्ला सदरमुकामबाट यात्रु बोकेर पाटन गैरहेको थिएँ, पाटन बजार नपुुग्दै भण्डारीले फोन गर्नुभयो, अरु बेला राम्रैसंग बोल्ने भएकाले बोलाएको ठाउँमा गएँ, जाने बित्तिकै मलाई गालीग्लौज गर्दै कुटपीट गरे ।’ कुटपीटबाट घाइते भएका पाण्डेय उपचारका लागी बिहिबार नै धनगढी गएका थिए ।

मायामेट्रो अस्पतालमा उपचार गरेर फर्केका उनको टाउकोमा चोट रहेको छ । टाउकोमा गम्भीर चोट रहेकाले दिमागले काम गर्नै छाडेको पाण्डेयले बताए ।
यस बिषयमा पीडितले इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दिएका छन् । घटनाका बिषयमा उजुुरी प्राप्त भएकाले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page