



बैतडी-बैतडीको दोगडाकेदार गाउपालिका वार्ड नम्बर २ बासाडमा हिजोरातिदेखी परेको अबिरल बर्षाका कारण पहिरो जादा स्थानिय देव सिंह महराको घर पुर्ण क्षतिग्रस्त भएको छ।
बर्षाका कारण घर भत्किदा ३वटा बाख्रा समेत मरेका छ्न। एमाले दोगडाकेदार गाउँपालिका कमिटी अध्यक्ष कांसि सिंह विष्टका अनुसार घरभित्र ५तोला सुन र चाँदीसमेत रहेको र अहिले सम्म फेला नपरेको बताएका छन।
हिजो रातिदेखि परेको अबिरल वर्षाका कारण अन्य ५ घर उच्च जोखिममा रहेका बताए। पीडित परिवारलाई पालिकाका तर्फबाट एक दुई दिन भित्रै राहत उपलब्ध गराइने गाउँ पालिका अध्यक्ष चक्र कार्कीले बताए।




