



बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिका वडा न.२ बसाडका पहिरो पीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । अविरल बर्षासंगै आएको पहिरोले हिजो घर भत्काएको झापुली नगारीको परिवारलाई गाउँपालिकाले रु ५० हजार नगद सहित कपडा, कम्वल, भाडाकुडा र खाद्यान्न सामग्री वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष चक्र कार्की तथा प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीले घटनास्थलमै पुुगेर राहत सामग्री वितरण गरेका हुन् ।
पहिरोले नगारीको घर भत्किदा ३बाख्रा मर्नुका साथै घरभित्र रहेको सबै धनमाल नष्ट भएको थियो । पहिरो गएका बखत घरभित्र कोहि नभएकाले मानवीय क्षती हुनबाट जोगिएको छ ।
पीडित परिवारलाई तत्कालका लागि आवस्यक सामग्री र बास स्थान व्यवस्थापनका लागी रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत धामीले बताए ।




