


बैतडी -बैतडीमा सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।दशै तथा तिहारका बेला यात्रुहरुको सहजताको लागि जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापना गरेको हो । बैतडीको गोठलापानी, साहिलेक, देहिमाण्डौ, सत्बाज, गोकुलेश्वर, पाटन, खोडपे लगायतका ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

यात्रुहरुको भीडभाड बढ्ने भएकाले कुनै समस्यामा परेका बेला यात्रुहरुलाई सहयोग गर्नको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिनुभयो । ‘चाडपर्वका बेला यात्रुहरुलाई झन्झट नहोस भनेर सहयोग पुर्याउन यात्रु सहायता कक्ष स्थापना गरेका हा’ैं उहाँले भन्नुभयो,‘समस्यामा परेका नागरिकलाई सहायता कक्षबाट आवश्यक सेवा दिनेछौं ।’
कुनै यात्रुलाई यात्रा गर्ने क्रममा समस्यामा परेको बेलामा उनिहरुको समस्या समाधानको लागि २४ सै घण्टा सेवाका लागि सुरक्षाकर्मी तयार रहने छन् ।




