


बैतडी -चांडपर्ब नजिकिए सँगै बैतडीमा बजार अनुगमन तिब्र गतिमा अघि बढेको छ।जिल्ला प्रशासन कार्यालयको सहकार्यमा संयुक्त बजार अनुगमन भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रवीन अधिकारीले जानकारी दिएका छन्।

बजार अनुगमनका क्रममा म्याद नाघेका सामग्री विक्रि गर्ने व्यापारीलाई जरीवाना गरिनुका साथै म्याद नाघेका विभिन्न सामग्री बरामद गरी नष्ट गर्ने गरिएको डिभिजन कार्यालयका प्रमुख अधिकारीले बताएका छन। बैतडीका मुख्य बजारहरुमा अनुगमन चलिरहेको बताए।
अहिले सम्म बजार अनुगमनमा क्रममा २ लाख २५ हजार बराबरका म्याद नाघेका सामाग्री नष्ट गरीएको र १ लाख २५ हजार जरिवाना असुल गरिएको बताए।
चाँडपर्व नजिकिए सँगै बजारमा म्याद नाघेका सामग्रीको विक्रि वितरण बढिहुने हुदा कालोबजारी नहोस भन्ने उद्देश्यले बजार अनुमगन गरिएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ । बजारमा दैनिक उपभोग्य सामग्री खरीद गर्दा मिति हेरेर मात्र खरीद गर्न आग्रह गरिएको छ ।




