



बैतडी -बैतडीमा जिप दुर्घटना हुँदा एक जना घाईते भएका छन् । बिहीबार बिहान साढे ८ बजेको समयमा दशरथचन्द नगरपालिका ११ बरतोलीबाट त्रिपुरातर्फ आउदै गरेको सु.प.प्र.०४–००१ ज ००१३ नम्बरको जिप दुर्घटना हुँदा जिप चालक सुर्नया गाउँपालिका ३ का अन्दाजी २४/२५ बर्षिय पृथ्वी भट्ट घाईते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरिक्षक प्रेम बहादुर शाहीले बताए ।
उनको टाउको चोट लागेको छ भने जिल्ला अस्पतालमा उपचार पछि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी जनाएको छ । जिप सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा चालक मात्र सवार रहेको बताइएको छ ।




