



बैतडी -आसन्न मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा संघको टिकट बैतडीमा माओवादीको भागमा परेको भन्दै असन्तुष्टि सहित निणर्य सच्याउन माग गर्दै बैतडीबाट कांग्रेसका २दर्जन नेताहरु बालुवाटारमा धर्नामा बसेको फोटो समाजिक सञ्जालमा सार्वजनिक भएको छ। काङ्ग्रेस बैतडीका सचिव देवराज जोशिले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत निर्णय सच्याउन सभापति ज्यू लाई अनुरोध गर्न बालुवाटारमा बैतडि काङ्ग्रेस को जमघट, भन्दै बालुवाटारमा धर्नामा बसेको फोटो सार्वजनिक भएपछि गठबन्धनमा खटपट सुरु भएको संकेत देखिएको छ। बैतडीमा एकिकृत समाजवादीलाइ बेवास्ता गरे बिद्रोह गर्ने एकिकृत समाजबादिले यसअघिनै बताइसकेको थियो। गठबन्धनले पार्टीमा खटिने कार्यकर्ता उपेक्षामा परेको र बेवास्ता गरिएको भन्दै बैतडी कांग्रेसका कार्यकर्ताले विद्रोह गर्ने सङ्केत दिएका छन् । पार्टीले जनता र पार्टीका कार्यकर्ताहरूको भावना विपरीत माओवादीलाइ टिकट दिइएकोले बैतडीमा कांग्रेसले बिरोद गर्दै आएको छ। मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा संघको टिकट बैतडीमा माओवादीको भागमा परेको भन्दै बैतडीमा कांग्रेस र एकिकृत समाजवादिका नेता तथा कार्यकर्ताहरुले सामाजिक सन्जाल मार्फत बिद्रोह गर्ने चेतावनि दिइरहदा गठबन्धनमा ब्यापक संकट निम्तिने संकेत देखिएको हो




