



बैतडी -बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा सम्पन्न दोश्रो संस्करणको पाटन प्रिमियिर लिग (पिपिएल–२)को उपाधि भिमदत्त बहुप्रबिधिक शिक्षालय (बिडिपिआई)ले उचालेको छ । पाटन ६ मा रहेको कृष्ण माविको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा ग्वाल्लेकलाई ४ विकेटले हराउदै बिडिपिआईले उपाधी उचालेको हो । ग्वाल्लेकले दिएको २०३ रनको विजयी लक्ष लिएर मैदानमा उत्रिएको भिमदत्त बहुप्रबिधिक शिक्षालय (बिडिपिआई)ले १८.४ बलमै लक्ष भेट्टाएको हो । बिडिपिआइका सुमित बुडालले १२८ रनको उत्कृष्ट सतकिय पारी खेले । बुडालले १७ छक्का र ३ चौका हिर्काएका थिए । बिडिपिआईका धर्मा कोलियाले २१ रनको योगदान दिएका थिए ।
टस जितेर ब्याटिङ गरेको ग्वाल्लेक क्रिकेट क्लबले निर्धारित २० ओभरको समाप्तीमा ५ विकेटको क्षतीमा २०२ रन बनाएको थियो । ग्वाल्लेकका नविन चन्दले ६२ तथा महेश शाहले ६० रनको अर्धसतकिय पारी खेलेका थिए । बिडिपिआइका राहुल चन्दले २ विकेट लिए ।
उपाधी उचालेको बिडिपिआईले नगत १ लाख ११ हजार १११ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यसैगरी दितिय स्थान हासिल गरेको ग्वाल्लेक क्रिकेट क्लबले नगद ५५ हजार ५५५ रुपैयासहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ग्वाल्लेक क्रिकेट क्लबका दिपक बोहरा म्यान अफ द सिरिजसहित बेस्ट ब्याट्सम्यान घोषीत भएका छन् । बोहराले ११ हजार १११ म्यान अफ द सिरिज बाफत र बेस्ट ब्याट्सम्यान घोषित भए वाफत ५ हजार ५५५ रुपैया नगदगरी १६ हजार ६६६ रुपैया नगतसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट बलिङ गरेका ग्वाल्लेक क्रिकेट क्लबका दिपक जोशी बेस्ट बलर घोषीत भएका छन् । उनले ५हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पाटन क्रिकेट क्लबको आयोजनामा पाटन ६मा रहेको कृष्ण माविको खेलमैदानमा असोज ३ गते देखि जारी पाटन प्रिमियिर लिग सिजन–२ असोज ३ गते देखि जारी रहेको थियो ।
उक्त प्रतियोगितामा २४ टोलीले सहभागिता जनाएका थिए ।
बैतडीको क्रिकेट क्षेत्रको विकासको लागि गत वर्ष देखि पाटन प्रिमिमियर लिगको आयोजना गर्दै आएको आयोजक एवं पाटन क्रिकेट क्लबका कोषाध्यक्ष किरन चन्दले बताए ।




