



बैतडी-बैतडीमा पुर्व गाबिस अध्यक्ष सहित दर्जन बढी नेताकार्यकर्ता हरुले एमाले प्रवेश गरेका छन। नेकपा एमालेको बस्ति भेटघाट कार्यक्रममा मेलौली नगरपालिका वडा नम्बर २मा २०५४ सालमा गाबिस अध्यक्ष ,नेपाली काङ्ग्रेस बाट २०७४ सालको स्थानीय निर्वाचनमा वार्ड अध्यक्ष पदका उम्मेदवार एवं वडा सभापति भान बहादुर चन्द,समाजवादीका मेलौली नगर सचीव किशोर भट्ट लगायत दर्जन बढी नेता कार्यकर्ताहरुले पार्टी प्रबेश गरेको एमाले दशरथ चन्द नगरपालीका कमिटी सचिव मनोज बोहराले जानकारी दिएका छन।
नवप्रवेशीहरुलाइ नेकपा एमाले सुदुरपश्चिम प्रदेशकमिटी अध्यक्ष दामोदर भण्डारी,एमाले केन्द्रीय सदस्य एवं बैतडी जिल्ला सह इन्चार्ज लिलाधर भट्टले स्वागत गरेको बताए। बैतडीमा आसन्न मंसिर ४ मा हुन गइरहेको निर्वाचनलाइ मध्यनजर गर्दै नेकपा एमाले बैतडीले रणनैतिक योजनासहित निर्बाचन केन्द्रीत कार्यक्रमहरु लाइ तिब्रता दिइरहेको छ।




