गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको छ । महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीका दिन बलि सहित सम्पन्न हुन्छ । आज निङ्गलाशैनी भगवतीको बिशेष पूजाआजा हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।

खालि ठाँउ २

उनले भने ‘निङ्गलाशैनी भगवती मन्दिरमा घटस्थपनादेखि नै पूजाआजा शुरु हुन्छ । फूलपाती भित्र्याएर आज बिशेष पूजाआजा हुने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा रांगाको बलि दिने भाकल गरेकाहरुले आज नै रांगा मन्दिरमा लगेर बाध्ने चलन रही आएको छ । महाष्टमीका दिन राँगाको बलि सहित मन्दिरमा जात्रा हुने गरेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु समेत आउने गरेका बोहराले बताए ।

निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ । दशैंको समयमा बैतडीको देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।

दशरथचन्द नगरपालिका २ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको दिन राँगाको बलिसहित जात्रा हुने भएको र सो जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताउनुभयो ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page