


बैतडी -बैतडीमा अटो दुर्घटना हुदा सात जना घाइते भएका छन् । गोकुलेश्वरबाट देहिमाण्डौतर्फ आइरहेको अटो महाकाली राजमार्ग अन्तरगत पर्ने बैतडीको दोगडाकेदार गाउँपालिका ७ बसालीमा आज बिहान करिब १० बजेतिर दुर्घटनामा परी सात जना घाइते भएका हुन् ।

घाइते हुनेमा अटो चालक समेत रहेका बैतडीको डिलासैनी गाउँपालिका ६ का ३४ वर्षीय धन सिह थलाल, सोही ठाउँका वर्षीय ५० बिर सिँह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया संगीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीया धनपति थलाल र ९ वर्षीय जनक थलाल रहेका छन्।
उनिहरुलाई स्थानीय र खोछलेक प्रहरी चौकीको टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।
घाइतेहरु बैतडीको देहिमाण्डौमा रहेको निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेर्न आएकाहरु रहेको प्रहरीले जनाएको छ । अटो तिब्र गतीका कारण दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ ।




