गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीको पुर्चौडीमा आगलागीबाट घर जलेर नष्ट,एकजना गम्भिर घाइते 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडी -बैतडीको पुर्चौडी नगरपालिका ८ डणपूरमा घरमा आगलागी हुदा एक बृद्धा घाइते भएकी छन् भने घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आज दिउसो भान्साकोठाको चुलोमाथी सुकाउन राखेको दाउरबाट सल्किएको आगोले घर जलेर पूर्णरुपमा नष्ट भएको हो भने आगलागीबाट ८४ वर्षीया बृद्धा जयमती साउँद पनि गम्भिर घाइते भएकी छन् । स्थानीयका अनुसार खाना बनाएर चुलोमाथी सुकाउन राखेको दाउराबाट आगो सल्किएको थियो । घरभित्रै सुतीरहेको अवस्थामा आगो लागेको थाहा पाएकी जयमती घरभीत्रबाट भागेर बाहिर आउदासम्म जलेर घाइते भएकी वडा नं ८ का वडा अध्यक्ष बिर बहादुर बोहराले बताए । आगोले घर पूर्णरुपमा क्षती भएपछि अप्रान्ह ४ बजे आगालगीको घटनाबारे प्रहरीले खबर पाएको थियो । घाइते साउँदलाई उपचारका लागि धनगढी लगिदैछ । उनको पिठ्यू, अनुहार, हात र खुट्टाका भागहरु आगोले जलेका छन् ।
५ वर्ष पहिले श्रीमान गुमाएकी जयमती छोरीसँगै बस्दै आएकी थिइन् । छोरी खर काट्न गएकोबला आगालागीको घटना भएको थियो ।
स्थानीयहरुका अनुसार आगलागीबाट नगतसहित २ लाख बढीको क्षती भएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page