गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

पाटनमा एमाले जिल्ला अधिवेशन उद्घाटन सत्र(फोटो फिचर)

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी,पौष २३
नेकपा(एमाले) बैतडीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन सभा शुक्रबार पाटन स्थीत खुल्ला मञ्चमा भव्यताका साथ सम्पन्न भएको हो । पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पुरनसिंह दयाल प्रमुख अतिथी रहेका थिए भने, पार्टी केन्द्रीय सदस्य लिलाधर भट्ट, प्रदेश कमिटिका अध्यक्ष दामोदर भण्डारी लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो । अधिवेशनका लागि पार्टीका ५सय ९जना प्रतिनिधिको छनोट भैसकेको छ ।

कार्यक्रमको सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज पुरनसिंह दयालले सेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकार अदालतको सेटिंगबाट निर्माण भएको आरोप लगाउनु भएको छ । वर्तमान सरकार व्यापारी शैलीमा गठन भएको आरोप लगाउदैँ उहाँले भन्नुभयो,‘केहिदिन अघि प्रचण्डले आफ्नो भाषणमै भन्नुभएको छ, “हामीलाई सहयोग गर्ने अदालतलाई हामीपनि सहयोग गछौँ ।” यसरी पदको किनबेच बाट बनेको परमादेशी सरकारबाट जनताले केहिपनि राहत पाउदैन् ।’ आसन्न तिनओटै तहको चुनावमा एमालेलाई भोट दिई बहुमतका साथ सरकार निर्माणमा सहयोग गर्न उनले सबैसंग आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य एंव प्रदेशसभा सांसद लिलाधर भट्टले वर्तमान सरकार जनहित विपरीतका काम गरिरहेको आरोप लगाउनुभयो । प्रदेश सरकार र केन्द्र सरकार सबै कामहरुमा फेल भैसकेको उहाँको भनाई थियो । केहि समय अघि बैतडीमा भएको कांग्रेसको जिल्ला अधिवेशनलाई लक्षित गर्दै उहाँले भन्नुभयोे ‘हाम्रो पार्टी रक्सीको बोतल प्रहार गरी कार्यकर्ताको टाउको फुटाएर, गाउँगाउँमा देउसी भैलो खेल्दै भोटमाग्ने अधिवेशन गर्दैन् । सबै वडा र पालिकाहरुको अधिवेशन सर्वसम्मत चयन गरेका छौँ । जिल्ला अधिवेशन पनि सर्वसम्मत गर्न पहल गरिरहेका छौँ । वास्तविक लोकतन्त्रको अभ्यास पनि यही नै हो । सेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल जस्ता व्यक्तिहरुले नेतृत्व गरेको पार्टीमा कोहि नलागौँ । उनिहरुलाई जनहितका कामका बिषयमा जानकारी नै छैन् ।’ माक्सवाद, लेनिनवाद र जनताको बहुदलिय जनवादलाई आत्मसाथ गर्ने नेकपा एमालेमा सबैलाई आवद्ध हुने उहाँले आग्रह गर्नुभयो ।

खालि ठाँउ २

कार्यक्रममा प्रतिनिधिसभा सांसद समेत रहेका पार्टी प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारीले नेकपा एमाले पार्टी मात्रै जनभावना लाई स्थापीत गर्ने राजनितिक दल भएकाले आफ्नो पार्टीभित्र गोलवद्ध हुन सबैलाई आग्रह गर्नुभयो । आसन्न निर्वाचनमा एमालेलाई बहुमत प्रदान गर्न उहाँको आग्रह छ । केहि समय अघि चितवनमा सम्पन्न राष्ट्रिय अधिवेशनको स्मरण गर्दै उहाँले भन्नुभयो,‘हाम्रो पार्टीका नेताहरुले ५लाख जनता उतार्छौ भन्दा अन्य पार्टीले हाँसोमा उडाएको थिए । तर अन्ततः बिबिसिको तथ्यांक अनुसार हाम्रो कार्यक्रममा १५लाख जनताको सहभागिता रह्यो । त्यसैले अहिले पनी हाम्रो पार्टीमा जनताको भरोसा छ । यो भरोसा एमालेले कहिले पनी टुट्न दिदैँन् ।’ राष्ट्रियताका एजेण्डाहरु स्थापीत गर्ने एकमात्रै पार्टी एमाले भएको भन्दै उनले एमालेलाई विश्वास गर्न सबैलाई आग्रह गर्नुभयो ।

एमाले बैतडीको आठौँ जिल्ला अधिवेशनका लागि बन्दसत्र समेत सुुरु भएको छ । बैतडीमा अहिले पार्टीको जिल्ला अध्यक्षमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष गोरख बहादुर चन्दले दावी गरिरहेकाछन् । नेताहरुले सहमतीमा नेतृत्व चयन गर्ने बताइरहदा दुवैजनाले अडान नछाडेकाले चुनाव बाटै नेतृत्व चयन हुने प्रवल सम्भावना देखिन्छ ।

No description available.

No description available.No description available.

No description available.

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page