गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीमा गठबन्धन टुट्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, बैतडीमा अनौपचारिक रुपमा गठबन्धन टुटेको छ।आसन्न मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीबाट सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका तर्फबाट नरेन्द्र कुँवर (बिजय सुन्दर)लाइ टिकट दिइएको प्रति नेपालि कांग्रेस भित्र चरम असन्तुष्टि चलिरहेको छ।कांग्रेस नेता केशव बहादुर चन्द र हरिमोहन भण्डारीले उम्मेदवारी कायमै राखेकाछन् ।

खालि ठाँउ २

उम्मेदवार दर्ता गरेका चन्द र भण्डारीले उम्मेदवारी कायमै राखेका हुन् । चन्दले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका थिए भने भण्डारीले प्रदेश क्षेत्र नं (क)बाट उम्मेदवारी दर्ता गरेका थिए ।
उम्मेदवारी फिर्ता नहुने र चुनाव चिन्ह लिने तयारी भइरहेको केशव बहादुर चन्दले बताए । त्यसैगरी नेता भण्डारीले पनि चुनाव चिन्ह लिने तयारी रहेको बताएका छन् ।

नेता भण्डारीले प्रदेश क्षेत्र नं क बाट टिकटका लागि कडा कसरत गरेको भएपनि पार्टीले उनलाई टिकट दिएका थिएन । गत आम निर्वाचनमा पनि झिनो मतान्तरले पराजित भएका भण्डारीले मंसिर ४ को निर्वाचनमा पनि बलियो दाबेदारी राख्दै आएका थिए । तर पार्टीले क्षेत्र नं (क)बाट नेता बीर बहादुर बिष्टलाई टिकट दिएको थियो ।

केशव बहादुर चन्दले पनि नेपाली कांग्रेसको बलियो सम्भावना हुदाहुदै माओवादी केन्द्रलाई प्रतिनिधि सभामा टिकट दिएका भन्दै स्वतन्त्रबाटै भएपनि उम्मेदवारी दर्ता गरको बताएका छन्।
यसैगरी एकिकृत समाजवादीका तर्फबाट प्रदेशसभाका लागि क्षेत्र नं क बाट उम्मेदवारी दिएका नरेन्द्र बिष्टले उम्मेदवारी कायम रहेको बताएका छन् । नेकपा एसको उम्मेदवार रहेको बताउदै बिष्टले कलमबाटै चुनाव लड्ने बताएका हुन्  सत्तारुढ गठबन्धन भित्र देखाउने दाँत एउटा र चपाउने एउटा देखिनुले गठबन्धन टुटेको धेरैजसो राजनितिज्ञ हरुले बताउँदै आएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page