Vutlaxapu
Laxmibhuwan sun chadi

अर्को हप्तासम्म मौसमी वर्षात् कायमै रहने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

असोज २६ जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानूमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गराएका हुन् । उनले त्यसका लागि विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताए ।  वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षात् सकिएपनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पारे । वर्षात् सकिएपनि त्यसको जोखिम भने कायमै रहन सक्ने उनको  भनाइ थियो ।
वरिष्ठ मौसमविद् रेग्मीले भने, ‘अहिले तत्कालै आज भोलिनै मौसम बाहिरिने सम्भावना छैन् । तथापि सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ । अव हामी कहिले मौसम बाहिरिन्छ भन्ने सन्दर्भमा चाँही मौसमी सिष्टमलाई निरन्तर अनुगमन गरिराखेका छौं । बाहिरिने अवस्था भएपछि हामी सार्वजनिक गर्छौं उचित समयमा । अव धनमालमै क्षति हुने अथवा कुनै त्यस्तो जोखिम निम्त्याउने भनेको मनसुनी वर्षाले मात्रै हुँदैन । मनसुन पछाडिका अरु समयमा पनि त्यस्ता खालको मौसमी गतिविधिहरु हुन सक्छ । त्यसकारणले मौसम सकिएपनि त्यस्ता जोखिम निम्तिन नसक्ने भन्ने चाँही होइन ।
विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ ? भन्ने बारे हिउँदे याम सुरु हुनु अघि नै जानकारी दिने पनि बताएको छ । वरिष्ठ मौसमविद् रेग्मीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिना हिउँद याम हुने भन्दै त्यसको जानकारी समय आउनु अगावै दिने बताए । उनले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताए । वरिष्ठ मौसमविद् रेग्मीले भने, ‘भर्खर मौसम सकिदैछ अहिले । जल तथा मौसम विज्ञान विभागले अव आउँदो हिउँद कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्ने चाँही हामीले डिसेम्बर, जनवरी र फेबु्रअरी महिनालाई हामी हिउँदको मौसम भन्छौं । हिउँदमा वर्षातको अवस्था कस्तो हुन्छ भन्ने कुरालाई हामी डिसेम्बर अगाडि नै सार्वजनिक गर्छौं ।’ विभागले मौसमी अवस्था बारे २४ घण्टानै सेवा दिइरहने गर्दछ ।# न्युज एजेन्सी नेपाल

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page