


बैतडी -बैतडीको शिवनाथ गाउँपालिकामा एक पुरुषमाथी चक्कु प्रहार भएको छ । हिजो अप्रान्ह करिब ५ बजेको समयमा मदिरा सेवनगरी बिवाद हुदा शिवनाथ २ का लाल सिंह साउदमाथी चक्कु प्रहार भएको हो ।

चक्कु प्रहार गर्ने सोही ठाउँका २१ वर्षका पारश मडै प्रहरी नियन्त्रणमा रहेका छन् । शिवनाथ २ सर्माली बजारमा मदिरा सेवन गरी दुबैबीच झगडा भएको र पारशले लाल सिंहमाथी चक्कु प्रहार गरेका हुन् ।
घाइते साउदको पिठिउमा चोट लागेको र उनको नजिकैको स्वास्थ्य सस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




