



बैतडी -बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ जेब्लाखानकी अन्दाजी ४५ बर्षिया लिला देवी बोहराको खर काट्ने क्रममा सलेनी लोटे भिरबाट लडेर शुक्रबार दिउँसोको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनको घटना स्थलमै मृत्यु भएको हो ।




