



बैतडी -बैतडीको पाटन नगरपालिका ६ मा ट्याक्टर दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ आइरहेको सु प प्र ०१ ००२ त ४८०६ नं को ट्याक्टर पाटन–पञ्चेश्वर सडकखण्डमा पर्ने पाटन ६ स्थित मेल्तडा नजिकैको बगडीगाड खोलामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा परी चालक घाइते भएका छन् । घाइते हुनेमा चालक समेत रहेका पाटन ८ का अन्ताजी २३ वर्षीय किशोर बिष्ट रहेको प्रहरीले जनाएको छ । चालक मात्रै सवार रहेको बुझिएको छ । ट्याक्टर उक्त खोलमा रहेको मेसनरी पूलबाट खोलामा खसेको हो ।




