Vutlaxapu
Laxmibhuwan sun chadi

२०७४ मा कांग्रेसकै केहि व्यक्तिले हराएको थियो, अहिले मतदाता जिताउछन् : स्वतन्त्र उम्मेदवार भण्डारी 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी– नेपाली कांगेसबाट विद्रोह गर्दै स्वतन्त्र चुनाव लडिरहेका बैतडी प्रदेश(क)का उम्मेदवार हरीमोहन भण्डारीले आफु २०७४मा चुनाव लड्दा पार्टीकै मान्छेहरुले असहयोग गरेका कारण पराजीत भएको दावी गरेकाछन् ।

सोमबार पाटनमा आयोजीत पत्रकार सम्मेलनमा उनले भने,“पार्टी सकियो, कांग्रेस बाइबाई, कांगे्रसको देहावसान भन्ने ब्यक्तिहरु आफुलाई हराउनमा लागि परेको अहिले प्रमाणीत हुदैँछ ।” भण्डारीले आफु्नो बर्षौको लगानी र करोडौँ रकम आर्थिक लगानी समेत कांग्रेसमा रहेकाले पार्टीको माँया भएपनि केहि नेताका कारण स्वतन्त्र उम्मेदवार बनेको दावी गरे ।
भण्डारीले आफ्नो प्रमुख एजेण्डा भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताए । उनले आफु विजय भएमा तलव समेत नलिने घोषणा गरेका छन् ।

जय भगवति मेलौली सुनचाँदी

उनले भने,“मलाई महिनाको ४लाखले पुगिराखेको छैन्, प्रदेश सांसदको त्यो तलवले के पुुग्छ ?” उनले आफु प्रदेश सांसद बन्नु प्रदेशसभाका लागि नै गर्वको बिषय हुने बताए । भण्डारीले भने,“हामीजस्तो स्वच्छ छवी भएको मान्छे प्रदेशसभामा गएपछि प्रदेशसभाको स्वभा समेत बढ्छ ।”

उम्मेदवार भण्डारीले आफु चुनाव जित्ने दावी गरेकाछन् । यसअघि २०७४सालमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भण्डारी तत्कालिन एमाले–माओवादी गठबन्धनसंग करिव ३हजार मतले पराजीत भएका थिए ।

उनले क्षेत्र(क)का काङ्ग्रेस नेताहरुको सर्मथन आफ्नो पक्षमा हुदाँहुदैँ पार्टीले टिकट नदिएको बताए । ४१ वडासभापति मध्ये ३६ जनाको लिखित सर्मथन पाएको उनको दावी छ । भण्डारीले यसअघि पार्टीमा रहदाँ समेत सबैका पक्षमा काम गरेकाले अहिले सबै जनताले आफुलाई साथ दिने बताए ।

भण्डारीले आफ्नो प्रतिस्प्रधी कोहि नरहेको र गठबन्धनका उम्मेदवार कांग्रेस जिल्ला उपसभापती बीर बहादुर बिष्टको धरौटी नै जफत हुने दावी गरे । कांग्रेसका सबै कार्यकर्ताहरु आफ्नो सम्पर्कमा रहेकाले आफुुलाई नै मतदान गर्ने उनको दावी छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page