Vutla
Laxmibhuwan sun chadi

मेलौली नगरपालिकामा तालाबन्दी :बल्झियो १५ शैयाको अस्पताल विवाद

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको मेलौली  नगरपालिकामा तालाबन्दी गरिएको छ । १५ शैय्याको  अस्पताल तोकिएको  ठाउँमा निर्माणको  माग गर्दै वडा नं १ का  स्थानीयहरुले  बिहीबार  पालिकामा तालाबन्दी गरेका हुन् ।

नगरसभाको हलसहित प्रत्येक साखाहरुमा तालाबन्दी गरिएको छ ।अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध भइसकेको भएपनि पनि  पालिकाले स्थान छनोट गरेर अन्यत्र बनाउने चलखेल गर्न  खोजेपछि  पुरानै ठाउँमा अस्पताल बन्नु पर्ने माग गर्दै तालाबन्दी गरिएको  स्थानीय  दशरथ नायकले जानकारी दिए ।

जय भगवति मेलौली सुनचाँदी

अस्पताल निर्माणका लागि जग्गादान गर्ने  जग्गादाता  र अन्य स्थानीयहरुले तालाबन्दी गरेका बताइएको  छ । बिठ्ठनेमा अस्पताल निर्माण गर्न १५ रोपनि जग्गादान भसकेपछि पनि अन्यत्र सार्न खोजिएको भन्दै १ कास्थानीयहरु आक्रोसीत बनेका हुन् ।

पालिकाको  जननिर्वाचित  प्रतिनिधि पुरानो  ठाउँमा अस्पताल निर्माण गर्ने  निर्णयमा नपुग्दासम्म तालाबन्दी नखुल्ने स्थानीयहरुको भनाइ छ । यता नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख  नारायण चन्दले पनि  स्थानीयहरुले  वडा नं  १ मा आधारभूत  अस्पताल  निर्माण हुनु पर्ने माग गर्दै  ताला लगाएका बताए  । वडा नं  १ र  ७ मा अस्पताल निर्माणका लागि जग्गा प्राप्त भएपनि  कुन ठाउँमा बनाउने  निर्णय  भने भइनसकेको  पालिकाले  जनाएको  छ ।

लामो समयदे वडा नं १ मा बनाउने वा वडा नं ७ मा बनाउने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन । वडा नं ७ का स्थानीयहरुले वडा नं ७ मै रहेको केशरपुर स्वास्थ्य केन्द्रमै १५ शैयाको अस्पताल बनाउन माग राख्दै आएका छन् ।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page