



बैतडी -बैतडीको पाटनमा यहि कात्तिक १८ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने भएका छन् । नेकपा एमाले जिल्ला कमिटि बैतडीको आयोजनामा पाटनमा सञ्चालन हुने बृहत चुनावी आमसभालाई सम्बोधन गर्न जिल्ला आउन लागेका हुन् । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हुन गइरहेको पाटनको खुलामञ्चमा हुने चुनावी बृहत आमसभालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका जिल्ला सचिवालय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख लोक बहादुर भण्डारीले जानकारी दिए ।
दार्चुलामा हुने कार्यक्रमलाई सम्बोधन गरेर सोहीदिन पाटनको चुनावी आमसभालाई पनि सम्बोधन गर्न आउने कार्यक्रम तय भएको उनले बताए ।
जिल्लाका १० वटै पालिकाबाट पार्टीमा आबद्ध प्रतिनिधि तथा आस्थावनको सहभागिता रहने पनि नेकपा एमाले बैतडीले जनाएको छ ।




