



कार्तिक १३ मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा २५ जना घाइते भएका छन् । अहिले घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ। सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो ।




