


बैतडी -बैतडीको पुर्चाैडी नगरपालिका ५ मा रहेको दीपज्योती आधारभुत विद्यालयमा तालाबन्दी गरिएको छ । दसै तिहारको बिदापछि सोमबारदेखि विद्यालय खुलेको भएपनि तालाबन्दी गरिएपछि पठनपाठन समेत ठप्प रहेको छ ।
विद्यालय भवन निर्माणमा काम गरेक कामदारहरुले ज्याला नपाएपछि विद्यालयमा तालाबन्दी गरेका हुन् ।ए हप्तादेखि विद्यालयमा तालाबन्दी गरिएको विद्यालयका प्रद्यानाध्यापक तुलाधर पन्तले जानकारी दिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत दुई कोठे भवन निर्माणका क्रममा काम गरेका कामदारहरुले ज्याला नपाएपछि विद्यालयको कार्यालयमा तालबन्दी गरेको उनले बताए ।

काम गरेको पैसा नदिएपछि तालाबन्दी गरिएको कामदार लक्ष्मण बोहराले बताए । दशै तिहारको समयमा ज्याल दिन भनेपनि नदिएपछि बाध्य भएर तालाबन्दी गरिएको अर्का कामदार जैभान बोहराले बताए।
गत आर्थिक वर्ष २०७८ ०७९ मा भवन निर्माणका लागि १८ लाखबजेट आएको थियो । त्यसबाट स्थानीय फगने बोहराले १५ लाख ५० हजारमा कामको जिम्मेवारी पाएका थिए । निर्माणकाृ अन्तिम चरणमा रहेको अवस्थामा कामदारहरुले ज्याला दिनुपर्ने भन्दै तालाबन्दी गरेका हुन् । बजेट अभावमा कामदारहरुको ज्याला दिन नसकेको निर्माणको जिम्मेवारी पाएका फगने बोहराले बताए । ‘१८ बजेट आएको हो, त्यसबाट १५ लाख ५० हजार मात्रै पाइने भनियो, मेरो खर्च १७ लाख ७१ हजार आएको छ, अब मैले कहाँबाट दिने ?’ उनले भने । आफुले १३ लाख ४० हजार रुपैया मात्रै पाएको बोहराको भनाई छ । उनका अनुसार कामदारहरुको २ लाख भन्दा बढी रकम दिन बाकी रहेको छ ।
विद्यालयको खाता समेत बन्द रहेको विद्यालयका प्रद्यानाध्यापक पन्तले बताएका छन् । यस विषयमा छलफल गर्नको लागि बिहिबार विव्यस बैठक बोलाउन तयारी थालिएको विद्यालयले जनाएको छ ।




