



बैतडी -नेकपा एमालेको जनवर्गीय संगठनका रुपमा रहेको राष्ट्रिय जन सांस्कृतिक महासंघ गठन गरिएको छ । बुधबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले गोविन्द पन्तको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा लक्ष्मी नाथ र प्रविन टेलर, सचीवमा महेशराज पन्त, कोषाध्यक्षमा पावर्ती भूल चयन भएकाछन् । यसैगरी कमिटीको सह–सचीवमा कलावती लावड र श्रृष्टी ठगुन्ना लाई चयन गरिएको छ भने, अन्य सदस्य रहेकाछन् । आज २१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको महासंघका केन्द्रीय सदस्य राम प्रशाद अवस्थीले बताए ।
हिजो गठीत जिल्ला कमिटीले संगठन बिस्तार गर्नुका साथै कलाकारिताको विकासमा जोड दिने बताइएको छ । कार्यक्रम वरिष्ट गायक महेश कुमार औजीको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष प्रेम नाथ अधिकारी समेत उपस्थीती थियो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारी रहेका थिए ।




