



बैतडी -अरिङ्गालको टोकाइबाट बैतडीको सिगास गाउँपालिकाका एक जनाको भारतको पिथौरागढ जिल्लास्थित गिरेगडा भन्ने स्थानमा मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नं ६ जडानीकोट घरभई कामको सिलसिलामा भारतको पिथौरागढमा रहेका ३२ वर्षीय हरिभान धामीको अरिङ्गालको टोकाइबाट बिहिबार साँझ मृत्यु भएको हो ।
अरिङ्गानलले टोकेर गम्भिर घाइते बनाएका धामीको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको मृतकका आफन्त खगेन्द्र धामीले जानकारी दिए ।




