


बैतडीको पञ्चेश्वर गाउँपालिकाले मंगलबार बिदा दिएको छ । वडा नं ४ आमचौरमा स्थित कैलपाल धुरामा लाग्ने मेलाको अवसरमा २९ गते अर्थात मंगलबार सार्बजनिक बिदा दिएको हो ।

जात्राको दिन गाउँपालिकाको कार्यालयमा सेवाग्राहीको चाप नहुने र गाउँपालिकाको प्रशिद्ध जात्रा भएकाले विदा दिने निर्णय गारिएको सूचनामा उल्लेख गरिएको छ । मंगलबार पालिका क्षेत्रका सरकारी तथा गैह्रसरकारी संघ सस्थाहरु बन्द रहने छन् ।
कैलपाल धुरामा सोमबार रतेडी मेला लाग्ने छ भने मंगलबार दिउसेडी मेला लाग्ने छ ।




