



बैतडी -बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले एक वर्षपछि चिकित्सक पाएको छ ।
एकजना मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा समस्या भइरहेको थियो । गत वर्ष असोजमा डाक्टरको अन्यत्र ठाउँमा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र जनस्वास्थ्य निरिक्षकको भरमा चल्दै आएको थियो।
मेलौली नगरपालिका भित्र रहेको सो स्वास्थ्य केन्द्रको लागि नगरपालिकाले आह्वान गरेको विज्ञापनमा एकजना एमबिबिएस चिकित्सक छनौट गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरायण बहादुर चन्दले बताए ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि नगरपालिकाले आह्वान गरेको आवदेनमा डाक्टर सन्जिन केसी छनौट भएका हुन । डाक्टर केसीले सोमबार देखि सेवा शुरु गर्ने उनले बताए । डाक्टर केसीले २०८० बैशाख अन्तिमसम्मको करार नियुक्त पाएका हुन ।
नगरपालिकाको लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको मेलौली नगरपालिकाका प्रमुख भीम बहादुर चन्दले बताए ।‘




