Vutlaxapu
Laxmibhuwan sun chadi

डिलाशैनिमा एमालेले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा ५१ जना एमाले प्रवेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -एमालेले डिलाशैनीमा गरेकाे छुट्टाछुट्टै कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ५१ जनाले एमाले प्रवेश गरेकाे खबर प्राप्त भएको छ।

जय भगवति मेलौली सुनचाँदी

यहीँ मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन लाइ लक्षित गरि नेकपा एमाले डिलाशैनीले वडा नं १,२,र ३ मा आयोजना गरेको चुनाबी सभामा एमाले प्रवेश गरेको अनेरास्ववियु केन्द्रिय सदस्य सन्तोष राना क्षेत्रिले जानकारी दिएका छन्।

बिरेन्द्र महरको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले प्रदेश कमेटी अध्यक्ष तथा बैतडी जिल्ला प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दामोदर भण्डरी प्रमुख अतिथि रहेका थिए। यस्तै बिशिस्ट अथितीमा एमाले जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाल , प्रदेश कमिटी सदस्य लाल बहादुर बिक लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page