Vutla
Laxmibhuwan sun chadi

बैतडी प्रदेशसभा (ख)का कांग्रेश उम्मेदवार शिवराज भट्टले ७३ बर्षदेखी हलिया राखेको खुलासा(भिडियो सहित)

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी

२१ भदौ ०६५ मा नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो । शुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका ६० हजार हलिया मुक्त भएको भनिए पनि उनीहरूकाे माग अझै सम्बोधन हुन सकेकाे छैन । त्यसबेला करिब १४ हजार हलियालाई पुनर्स्थापना गरिए पनि ४५ हजारभन्दा बढी अझै अलपत्र छन् ।

उतिबेला सरकारले मुक्त हलिया पुर्नस्थापनाका लागि सहमति गरेको थियो । घरजग्गा नभएकालाई घरजग्गा उपलब्ध गराउने, जग्गा मात्रै भएकाको घर बनाइदिने तथा घर जिर्ण भएकाको मर्मत गरिदिने सम्झौता भएका थिए ।

हालसम्म मुक्त हलियामध्ये १४ हजार दुई सयको पुर्नस्थापना भए पनि अन्यको विषयमा सरकार मौन देखिन्छ । निर्वाचनकाे बेला उनीहरूकाे मागमाथि नेताहरूले चर्चा गर्ने गरे पनि निर्वाचनपछि सेलाउने गरेकाे छ । यद्यपि, उनीहरूले आफ्ना समस्या उम्मेदवारहरूलाई सुनाउन भने छाडेका छैनन् ।

पटक पटक सरकार परिवर्तन हुँदा समेत मुक्त हलिया झन् समस्यामा परेका हुन् । अहिले बैतडीमा रहेको करिब ६ हजार मुक्त हलियाहरू पुर्नस्थापनाको दायरामा आउन सकेका छैनन् ।

जय भगवति मेलौली सुनचाँदी

साहुुबाट लिएको ऋणको ब्याज बापत हलिया बस्ने चलन थियो । हलिया बस्दा साहुको घरमा हलो जोत्नेदेखि खेतिपाति भित्र्याउने सबै काम गर्नु पर्थ्याे । ०६४ सालमा हलिया मुक्तिको घोषणासँगै अधिकांशले साहुको घरमा काम गर्न छाडेका थिए तर अहिलेसम्म पुर्नस्थापना नभएपछि उनिहरु पुनः हलिया बसेका छन् ।

मुुक्त हलियाहरू अहिले उम्मेदवारहरूसँग आफुहरूको गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरिदिन आग्रह गरिरहेका छन् । उम्मेदवारहरू समेत उक्त कुराहरुको पुर्ति गर्ने आश्वासन दिइरहेका छन् ।

उम्मेदवारकै घरमा ७३ वर्षदेखि हलिया 

प्रदेशसभातर्फका एक उम्मेदवारको घरमा एक दलित परिवार ७३ बर्षदेखि हलियाको रुपमा काम गर्दै आएको छ । बैतडी क्षेत्र (ख)मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता शिवराज भट्टले किशन लाबडको परिवारलाई हलियाको रुपमा लगाउँलै आएका छन् ।

दशरथचन्द नगरपालिका-२ देहीमाडाैं घर भएका उम्मेदवार भट्टले लाबडको परिवारलाई हलियाको रुपमा राखेका हुन् । हलिया बसेका लाबडले भने, ‘हामी तीन पुस्तादेखि उहाँको घरमा काम गर्दै आएका छौँ, मेरो बुवा २८ बर्ष हलिया बस्नु भयो । म पनि ४५ बर्षदेखि हलिया छु, तराईमा जग्गा दिउँला भन्ने आश्वासन दिएको ५० बर्ष भैसक्यो । आश्वासन पुरा होलाकी भन्ने आश हो । हाम्रो अन्य रोजगारी केहि छैन् । साहुकै खेतमा हलो जोत्ने, खेतबारी खन्ने, अन्न भित्र्याउने काम गर्दै आएका छौँ ।’ उम्मेदवार भट्ट जिल्लाका नाम चलेका व्यापारीका छोरा हुन् भने कांग्रेस बैतडीका पूर्व सभापति समेत हुन् ।

बैतडीका अन्य उम्मेदवारका घरमा समेत हलिया रहेकाे दलित अधिकारकर्मी राजुराम भुलको भनाइ छ । उनले प्रदेशसभा र प्रतिनिधिसभाका अधिकांश उम्मेदवारले अझै हलिया राखेका कारणा मुक्त हलियाको पक्षमा काम हाेला भनेर आश गर्न नसकिने बताए ।

दनपा-२ कै मुक्त हलिया मोहन लाबडले आफू १२ वर्षको उमेरदेखि साहुकाे घरमा हलो जोत्न थालेको सुनाए । पाँच जना साहुको घरमा हलिया बसेका उनले सबैको पैसा तिरेर हलियामुक्त भएको बताए । तर, हलिया मुक्ति घोषणाका बेला भने सरकारले ऋण रकम सबै चुक्ता हुने र पैसा तिर्नु नपर्ने समेत निर्णय सार्वजनिक गरेको थियो ।

हलियाहरू एक हजारदेखि पाँच हजार रुपैयाँ ऋणको ब्याज बापत समेत हलिया बस्दै आएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page