Vutla
Laxmibhuwan sun chadi

गोकुलेश्वरमा भेटिएको ‘प्रेसर कुकर बम’ नक्कली

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडी र दार्चुलाको सीमामा रहेको गोकुलेश्वर बजार नजिकैको पूलमा भेटिएको नक्कली प्रेसर कुकर बम डिस्पोज गरिएको छ। उक्त बम नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको हो। शुक्रबार राती भेटिएको प्रेसर कुकर बम शनिबार बिहान डिस्पोजल टोलिले बम डिस्पोज गरेको हो । डिस्पोजपश्चात पुलमा राखिएको प्रेसर कुकरमा माटो मात्रै भएको बताइएको छ।

जय भगवति मेलौली सुनचाँदी

इलाका प्रहरी कार्यालय गोकुलेश्वरले सो प्रेसर कुकरमा बम नभएर माटो भरेर राखेको जनाएको छ। यस्तै उक्त कुकर राखिएपछि रातिबाट सवारी बन्द थियो। प्रेसर कुकर हटाएसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न एवं मतदातालाई त्रसित पार्ने उदेश्यले बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page