



बैतडी -बैतडीमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ नेकपा एमालेको अग्रता देखिएको छ । सोमबार ५बजेबाट सुुरु भएको मतगणना अनुसार अहिले सम्म एमालेले अग्रता कायम गरेको छ । प्रतिनिधिसभामा तर्फ 5578मत गणना सम्पन्न हुदा नेकपा एमालेका दामोदर भण्डारीले 2621 मत प्राप्त गरि अग्रता कायम गरिरहदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरेन्द्र कुवर (बिजय सुन्दर ले 2191 मत प्राप्त गरेका छन्। शिवनाथ १ को गणना सम्पन्न प्राप्त गरेका छन । यसैगरी राष्टीय स्वतन्त्र पार्टीका प्रकाश चन्द्र भट्टको १सय ७१ मत रहेको छ ।
प्रदेशसभा (क) तर्फ एमालेकै सुुरेन्द्र बहादुर पाल १हजार १सय ८०मत सहित अग्रता कायम गरिरहेका छन् भने, उनका प्रतिस्प्रधी स्वतन्त्र हरिमोहन भण्डारीले १हजार १सय ९मत प्राप्त गरेका छन् । यहाँ तेश्रो स्थानमा रहेको गठबन्धनकाकांग्रेश उम्मेदवार वीर बहादुर बिष्टले ७सय २४मत प्राप्त गरेका छन् ।
यसैगरी प्रदेशसभा क्षेत्र (ख) तर्फ पनि एमालेकै लिलाधर भट्टले २हजार ७सय २मत सहित अग्र स्थानमा रहदाँ गठबन्धनका काग्रेस उम्मेदवार शिवराज भट्टले २हजार ५सय ८१ मत पाएका छन् भने राप्रपाका नारायण दत्त जोशीले १५६ मत प्राप्त गरेकाछन् ।




