


बैतडी प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८ सय १३ मत अन्तरले पछि पार्दै पाल विजयी भएका हुन् ।

पालले १२ हजार ८ सय ३१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ११ हजार १८ मत प्राप्त गरेका छन्। पाल नेकपा एमालेका जिल्ला अध्यक्ष समेत हुन् ।
कांग्रेस माओवादीका साझा उम्मेदवार नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १० हजार ९५३ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४० हजार १५५ मत खसेको थियो ।




