गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीमा दामोदर भण्डारी मात्रै आसाको धरोहर,बिजय जुलुसमा उर्लियो जनसागर

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी
तेश्रो पटक बैतडेली जनताको जनमतबाट अनुमोदित भएका दामोदर भण्डारीको पक्षमा युुवाहरुले विजय उत्सव मनाएकाछन् ।

करिव २ घण्टा सम्म गीत गाउँदै नृत्य गरेका युवाहरुले “बैतडीको धरोहर, बीस बर्ष दामोदर” भन्दै नारा लगाए ।
सांसद भण्डारीलाई जनताले आफ्नो अविभावक स्वीकारेको १०बर्ष पुुरा भइसकेको छ ।

५बर्षे कार्यकाल अझै थप भएका भण्डारीले जनमतको अतिउच्च कदर गर्ने बताइरहँदा आगामी ५बर्षमा जनपक्षीय कामहरु गरेर देखाउनुपर्ने चुनौतीको खेप्नुपर्ने छ ।

खालि ठाँउ २

भण्डारीले नेपाल भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण, फस्फोराईड खानी उत्खनन्, बैतडी स्थीत प्राविधिक शिक्षालयहरुको स्तरोन्नती, सडकहरुको स्तर वृद्धि, सामुुदायीक कलेजहरुलाई आंगिक बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास गरि जनजिवन उकास्ने एजेण्डा राख्दै सहित चुनावमा प्रतिस्प्रधा गरेका थिए ।

भण्डारी चुनावका बेला सहित विभिन्न समयमा बैतडीका हरेक ग्रामिण क्षेत्रमा पुुगेकाछन् । उनले गरिबका दुुःख र जनताले असुविधाका कारण भोगेका पीडाहरु देखेकाछन् । अधिकांश ठाउँमा बाटोको असहजता छैन् भने, शुद्ध खानेपानी, विद्युतको उपभोग गर्न पाएका छैनन् । जनताले आफुहरुको सहजताका लागि आफ्नो सांसदका तर्फबाट केहि न केहि भुमिका निर्वाह होस भन्ने चाहेका छन् ।

भण्डारीले तेश्रो पटक चुुनाव लड्नेबेला म तेश्रो पटक परिक्षा दिन आएको हुँ पास गर्ने वा फेल गर्ने तपाईकै हातमा छ भनेका थिए । जनताले पुुर्ण अंक सहित भारी मतान्तरले उर्तिण गराइसके । जनमतको बदलामा अब उनले जनतालाई केके उपहार देलान् ? त्यो आगामी ५बर्षले देखाउनेछ ।

यदि आगामी ५ बर्षमा आफ्नो सांसदको भुमिकाले बैतडीको जनजिवनमा केहि न केहि  परिवर्तन आयो भने जनमतको कदर भएको मानिनेछ । त्यसपछि मात्रै लगातार १५बर्ष सम्मका लागि जिताएका जनताले अर्को ५बर्षका लागि पुनः खुसी साथ विजय गराई नारामा भने जस्तै २० बर्ष उनैलाई दिनेछन् ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page