



बैतडी,
बैतडीको सुर्नया गाउँपालिकाकी एक महिला ४ दिनदेखि बेपत्ता भएकी छन् । यहि मंसिर ७ गते बुधबारबाट सुर्नया–५ बिष्टपालीकी २४ वर्षीया मञ्जु बिष्ट बेपत्ता भएकी हुन् ।
दिउसो घरबाट दाउरा काट्नभनी जंगलतिर गएकी बिष्ट सम्पर्कबिहिन बनेका आफन्तले बताएका छन् । बेपत्ता भएकै दिनदेखि खोजतलास गर्दापनि उनि नभेटिएको बेपत्ता मञ्जुका शसुरा मदन बिष्टले बताए । बेपत्ता भएकै दिन साँझसम्म घर नआएपछि स्थानीय तथा प्रहरीको सहायोगमा समेत आजसम्म खोजतलास गर्दा नभेटिएको बिष्टले बताए ।
मञ्जुको घरमा ७ वर्षका छोरा रहेका छन् । श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।




