



बैतडी ,बैतडीको पुर्चाैडी नगरपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चाैडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । शनिबार दिउसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले जानकारी दिए ।
मृतक लिला खडायतका २ छोरी एक छोरा छन् । श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।
पछिल्लो समयमा बैतडीमा भिरबाट लडेर महिलाहरुको ज्यान जाने क्रम बढेको छ ।




