


बैतडी-बैतडीमा अनेरास्ववियुले बिरोध प्रदर्शन गरेको छ।अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवं सुप विश्वविद्यालय कमिटी अध्यक्ष चेतन ऐडीको न्यायको माग गर्दै अनेरास्ववियु बैतडीले बिरोध प्रदर्शन गरेको हो।बाजुरा जिल्ला त्रिवेणी नगरपालिकामा मंसिर ४ गते राति गठबन्धनका कार्यकर्ताहरु द्वारा हत्या भएको अनेरास्ववियुले जनाएको छ। हत्या गरिएका चेतन ऐडीको न्याय को लागि हत्यारा लाई कारबाही माग गर्दै अनेरास्ववियु बैतडीले हिजो देखि तीन दिने आन्दोलन गरिरहेको छ ।

हिजो प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण पत्र बुझाएको थियो भने आज हत्यारा लाई छिटो भन्दा छिटो कारबाही गर्न जिल्ला प्रशासन अगाडि नाराजुलुस सहित कोण सभा गरिएको छ।
हत्यारा लाई छिटोभन्दा छिटो कारबाही हुनुपर्ने, १० दिन सम्मपनि हत्यारा पत्ता नलाग्दा सरकारले सत्ता को दुरुपयोग गरी अपराधी उम्काउने सडयन्त्र भएको अनेरास्ववियु बैतडीको भनाइ छ ।भोलि जिल्ला भरिका क्यामपसमा हस्ताक्षर संकलन र कालो व्यानर राखेर घटनाको विरोध गरिने कार्यक्रम रहेको छ। न्याय नपाए सम्म अनेरास्ववियु बैतडीको आन्दोलन जारी रहने अनेरास्ववियु बैतडीका अध्यक्ष नरेन्द्र साउदले बताए





