Vutla
Laxmibhuwan sun chadi

बैतडी हत्या प्रकरणः डिएसपी नेत्तृत्वको प्रहरी टोलीले अनुसन्धान थाल्यो।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की २१ वर्षीया माया लुहारको घाँटी रेटी हत्या गरेको विषयमा  अनुसन्धन सुरु भइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाही नेत्तृत्वको टोलीले घटनास्थलको अध्यान गरी थप अनुसन्धान थालेको हो ।
शवलाई पोष्ट्रमाटमको लागि पाटनतर्फ शव पठाइएको र अनुसन्धानको लागि आवस्यक अन्य प्रक्रिया सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक शाहीले बताए । चिकित्सकको टोलीले सेमत घटनास्थलको अनुगमन गरेको बताइएको छ ।
पञ्चेश्वर गाउँपालिका ४ की माया लुहारको घाँटी रेटी हत्या गरेको अवस्थामा शिवनाथ गाउँपालिका ६ को शिवनाथ मन्दिर नजिकै जंगलमा आधा घाटि रेटेको अवस्थामा शव फेला परेको थियो ।
यसैगरी पञ्चेश्वर ४ कै भरत लुहारकी १५ वर्षीया छोरी नेहा लुहारको घाटीमा धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका  र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकि हुन् । घाइते नेहालाई उपचारको लागि धनगढी रेफर गरिएको छ ।
माया र नेहा मंगलबार लुगा  सिउन भनी घरबाट गएका र राती अबेरसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा माया मृत अवस्थामा भेटिएकी र नेहा घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए । मृतक माया हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीको रुपमा कार्यरत रहेको आफन्तले बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page