Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडी हत्या प्रकरणः सशस्त्रका जवानमाथि आशंका

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अन्य दुई जना साथीहरुसँग मंगलबार बिहान घरबाट निस्किए। लुगा सिलाउन उनीहरु पञ्चेश्वर गाउँपालिका–३ कुलाउ गएका थिए।

घरबाट कुलाउ पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ। माया र नेहा नाताले फुपु–भदै हुन्। उनीहरुसँगै घरबाट लुगा सिलाउन गएका अन्य दुई जना बेलुका घर फर्किए। तर, माया र नेहा बेलुकासम्म घर फर्किएनन्।

कुलाउमै इष्टमित्र भएकाले उनीहरु त्यहीँ बसेको परिवारका सदस्यहरुले अनुमान गरे। तर, उनीहरु दोस्रो दिन बिहानसम्म सम्पर्क नआएपछि परिवारले खोजी गरे। परिवारका सदस्यहरुले कुलाउमा रहेका इष्टमित्रलाई सम्पर्क गरे।

त्यहाँ पनि उनीहरु भेटिएनन्। त्यस पछि परिवारका सदस्य र गाउँलेहरुले माया र नेहाको खोजीमा तिब्रता दिए। नेहालाई बुधबार दिउँसो गोठालाले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा फेला पारे।

उनी घाइते अवस्थामा थिइन्। नेहाले मायाको घाँटी रेटर हत्या भएको सुनाइन्। गाउँलेहरुले प्रहरीलाई खबर गरपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटियो।

जय भगवति मेलौली सुनचाँदी

मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो। उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत रहेका थिए। माया म्यादी प्रहरी पनि थिइन्। घरबाट लुगा सिलाउन भनेर निस्किएकी माया कहिल्यै नफर्किने गरी अस्ताएकी छन्।

घाइते नेहाको अहिले उपचार भइरहेको छ। स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक शसस्त्र प्रहरीमाथि आशंका गरेका छन्।ती शसस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए।

केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका थिए। घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन्। ती शसस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शंका बढेको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष जनकबहादुर चन्द बताउँछन्।

‘शसस्त्र प्रहरीका जवानले केही दिन अगाडि मोबाइल खोसेको र अहिले उनी फरार रहेकाले आशंका बढेर गएको छ,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको बताए।

‘घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि पठाएका छौं, घटनाका बारेमा बुझ्दैछौं,’ उनले भने, ‘अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएका छैनौं ।’#simarekha

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page