



बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै पिडित परिवारले किटानी जाहेरी दिएका छन् ।
मृतकका आफन्तले आज शिवनाथ गाउँपालिका ४ का सशस्त्र प्रहरी जवान समेत रहेका भरत राम कोलीको नाममा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिए । आरोपीत कोली फरार रहेको र उनको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक शाहीले जानकारी दिए ।
आरोपीत कोलीले मोवाइल केहिदिन अगाडी खोसेको र मोवाइल लैजान भन्दै बोलाएर हत्या गरेको पिडित परिवारले जनाएको छ ।
पञ्चेश्वर गाउँपालिका ४ की माया लुहारको शिवनाथ गाउँपालिका ६ को शिवनाथ मन्दिर नजिकै जंगलमा आधा घाटि रेटेको अवस्थामा बुधबार शव फेला परेको थियो । सोही ठाउँकी १५ वर्षीया छोरी नेहा लुहारको घाटीमा धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी थिइन् । उनको उपचार भइरहेको छ ।




