



बैतडी -माया हत्या आरोपीत सशस्त्र प्रहरी जवान समेत रहेका भरतराम कोली कञ्चनपुरको बसपार्कमा डुलीरहेको अवस्थामा पक्राउ परेका छन् । लगातारजसो समाजिक सञ्जाल टिकटकमा सक्रिय रहेका आरोपीत शिवनाथ ४ का भरतराम कोलीलाई प्रहरीले बसपार्कबाट डुलीरहेको अवस्थामा आइतबार बिहान १० बजेको समयमा नियन्त्रणमा लिएको हो । यहि मंसिर १३ गते मंगलबार पञ्चेश्वर गाउँपालिका ४ की २१ वर्षीया माया लुहारको घाँटी रेटी विभत्स हत्या गरिएको अवस्थामा शिवनाथ ६ को शिवनाथ मन्दिर नजिकै जंगलमा शव फेला परेके थियो । पिडित परिवारले मायाको हत्या भरतले नै गरेको भन्दै मंसिर १५ गते बिहिबार भरतको नाममा किटानी जाहेरी दिएको थिए ।
१३ गते मंगलबार घरबाट लुगा सिलाउन भन्दै कुलाउ बजार आएकी माया र उनकी भदै नेहा लुहार साँझ अबेरसम्म पनि घर नफर्किएपछि खोजी गरिएको थियो । भोलीपल्ट १४ गते बुधबार मायाको शव फेला परेको थियो भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।
पिडित परिवारले सशस्त्र प्रहरी जवान समेत रहेका भरतराम कोलीले नै हत्या गरेको भन्दै किटानी जाहेरी दर्ता गरेका थिए । माया र भरतको प्रेम सम्बन्ध रहेको र १३ गतेका दिनपनि भरतले नै बोलाएर हत्या गरेको परिवारको दाबी छ । घाइते नेहाले पनि घटनामा भरतकै संलग्नता रहेको बताएको बुझिएको छ । उनको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ ।
घाइते नेहाका बुवा तथा मृतक मायाका दाजु भरत लुहारले हत्यामा संलग्नलाई हदैसम्मको कारवाही हुनुपर्ने माग राखेका छन् ।




