Vutlaxapu
Laxmibhuwan sun chadi

पन्चेश्वर अध्यक्ष चन्द एमालेबाट निस्कासन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेकपा एमालेको सातौ जिल्ला कमिटीको बैठकले निर्वाचनको समग्र जिल्लाभरिको समिक्षा गरेको छ। सो समिक्षामा बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका अध्यक्ष, पार्टि प्रदेशकमिटी सचिवालय सदस्य गोरख बहादुर चन्दलाइ पार्टीबाट निस्काशित गरिएको खबर प्राप्त भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विपक्षी उम्मेदवारको पक्षमा उभिएर प्रचार प्रसार गरेको, पार्टीको आधिकारीक उम्मेदवारको बिरुद्धमा हिनेको र पार्टि प्रदेशकमिटी अध्यक्ष एवं संघिय सांसद दामोदर भण्डारीलाइ गालि ग्लोच गरेको र पार्टीको बिधान बिपरित खुलेर विपक्षी उम्मेदवारको पक्षमा उभिएकोले पार्टिको साधारण सदस्यसमेत नरहनेगरी निस्कासित गरिएको एमाले बैतडीले जनाएको छ। साथै पार्टीको बिधानको धारा ८० को उपधारा १,२,३,४,५,७,र १२ अनुसार कारबाही गरिएको साथै पद रिक्त गरिदिनका लागि निर्वाचन आयोगलाइ सिफारिश गरिदिन पार्टि प्रदेश कमिटीलाइ सिफारिस पठाउने निर्णय सर्वसम्मतिले पारित भएको नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं बैतडी जिल्ला सह इन्चार्ज लिलाधर भट्टले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page