



बैतडी-बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–६ की ६० वर्षीया गोमती साउँदको बांगाबगडको पत्थरखानी भीरबाट लडेर मृत्यु भएको डिलासैनी गाउँपालिका ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिए । बुधबार दिउँसो घाँस काट्ने क्रममा लडेर घटनास्थलमै उनको मृत्यु भएको उनले बताए ।




