


बैतडी-७४ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस बैतडीमा पनि मनाइएको छ । दलित समाज विकास मञ्च, दलित महिला संघ, जिल्ला हलियामुक्ति समाजको आयोजनामा विभिन्नि सरोकारवाला निकायको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम गरी मानव अधिकार दिवस मनाइएको हो ।

दलित समाज विकास मञ्चका अध्यक्ष तथा अधिकारकर्मी सरस्वती नेपालीको अध्यक्षमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिवक्ता इश्वरीदत्त जोशी रहनु भएको थियो । कार्यक्रममा जिल्ला प्रशान कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारती लगायत सरोकार वाला प्रतिनिधिहरुका उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका सहभागिहरुले मानव अधिकारको सवालमा राज्यले कानुनमा उतारेपनि व्याभारमा लागु नगरेको गुनासो आएको दलित समाज विकास मञ्चका सचिव बलभद्र दयालले बताए




