



बैतडी -बैतडीमा म्यानेजर तेज बहादुर चन्द ट्रष्टको आयोजनामा जारी पालिका स्तरीय भलिबल प्रतियोगितामा पाटन नगरपालिका समुह विजेता बन्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । सुर्नया र आयोजकलाई पराजित गर्दै समुह विजेता बनेर क्वाटर फाइनलमा प्रवेश गरेको हो । सुर्नयालाई पहिलो सेट २६–२४, दोश्रो सेट २५–२२ले जितेको पाटनले तेश्रो सेट १७ –२५ले पराजित भएको थियो । त्यसपछि २५–१७ले आफ्नो पक्षमा पार्दै पाटनले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
त्यसैगरी आयोजकलाई पनि पाटनले २६–२४ले पहिलो सेट पाटनले आफ्नो पक्षमा पारेको थियो । दोश्रो सेट २२–२५ले पराजित भएको पाटनले तेश्रो सेट २६–२४ र चौथो सेट २५–१३ले आफ्नो पक्षमा पार्दै समुह बिजेता बनेको पाटन नगरपालिकाका टिम व्यवस्थापक नरेश बिष्टले जानकारी दिए । जारी प्रतियोगितामा लिग चरणबाटै वेस्ट अफ फाइवमा खेलाइदैछ ।




