Vutla
Laxmibhuwan sun chadi

पाटन नगरपालिकाको भवनमा अनियमितता :बाहिर चिटिक्ट, भित्र बालुवामाथी कामचलाउ प्लास्टर

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पाटन नगपालिकाको निर्माणाधिन प्रशासनिक भवनमा ब्यापक त्रुटी देखिएको छ । बाहिर चिटिक्क पारिएको भवनको भित्री संरचना निर्माणमा कमसल समाग्री प्रयोग गरेको भेटिएको हो । सुरुको दुई तलामाथी थपिन लागिएका तेश्रो र चौथो तलामा कमसल समाग्री प्रयोग गरि भवनलाई नै कमजोर पार्न खोजिएको पाटन नगपालिकाका उपप्रमुख कमल बोहराले जानकारी दिए ।
‘बाहिर प्लास्टर गरिएको छ तर भित्र पुरै बालुवा नै बालुवा छ,’ उपप्रमुख बोहराले भने । नगरपालिकामा पछिल्लो समय योजनाहरुको अनुगमन गर्दा केहि अन्य योजनाहरुमा समेत ब्यापक त्रुटी देखिएको उपप्रमुख बोहराले बताए ।
दुई तला निर्माण भई तेश्रो र चौथो तलमा छतको स्तर मिलाउने क्रममा त्रुटी गरेको पाइएको प्राविधिकहरुले बताएका छन् । तेश्रो र चौथो तल थप्नको लागि प्रशंसा शिवलिङ निर्माण कम्पनीसँग २०७८ असारमा २ करोड ८० लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का अवधि २०८० चैत सम्म छ ।
निर्माणको काम जारी नै रहेको र अवधि पनि बाकी नै रहेकाले त्रुटी देखिएको ठाउँमा भोली देखि नै निर्माण गरिने पाटन नगरपालिकाका प्राबिधिक भरत साउँदले जानकारी दिए । ‘निर्माण कम्पनीको ब्यापक त्रुटी देखिएको छ, भोलीदेखि नै त्रुटी देखिएको ठाउँमा पुनः काम हुन्छ,’ उनले भने ।  निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधिहरुसँग सम्झौता बमोजिम स्तरीय काम गर्नको लागि निर्देशन भइसकेको पनि प्राबिधिक साउँदले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page