



बैतडी -बैतडीमा म्यानेजर तेज बहादुर चन्द ट्रष्टको आयोजनामा जारी पालिका स्तरीय भलिबल प्रतियोगितामा सिगास गाउँपालिकाको टोलीले प्रतियोगिता बहिस्कार गरेको छ । फाइनल प्रवेशका लागि दशरथचन्द नगरपालिकासँग प्रतिष्पर्धा गरीरहेको सिगास गाउँपालिकाले रेफ्रीले विवादित निर्णय लिएको भन्दै प्रतियोगितटा नै बहिस्कार गरेका हुन् ।
बेष्ट अफ फाइवपमा खेलाइन लागिएको खेलमा दुई÷दुई सेटको बराबरीको अवस्थामा खेल चलीरहेको थियो । पाँचौ तथा निर्णयक सेटमा सिगासका खेलाडीले हानेको स्पाइक चेक आउट गएको भएपनि रेफ्रीले नमानेर दनपालाई नै अंक दिएको र फेरी दनपाका खेलाडीले जाली छोएको भएपनि फल नमानेको भन्दै रेफ्रीमाथी सिगासका खेलाडीले प्रश्न गरेका थिए । सोहि विषयमा विवाद चर्किएपछि सिगासले खेल नै बहिस्कार गरेको हो ।
सिगासले खेल बहिस्कार गरपछि आयोजक तथा प्रतियोगिताको प्राविधिक टोलीले दनपालाई विजयी घोषित गरेको छ । जित घोषित भएसँगै दनपा फाइनलमा प्रवेश गरेको छ ।
अब आज पाटन र मेलौली बीच फाइनलका लागि प्रतिष्पर्धा हुने छ । पाटन र मेलौलीबाट विजयी हुने टिमले उपाधीका लागि दनपासँग खेल्ने छ ।




