Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा माया हत्या प्रकरणः अभियुक्त कोलीमाथी अनुसन्धानका लागि दोश्रो पटक म्याद थप

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

-बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्या अभियुक्त सशस्त्र प्रहरी जवान समेत रहेका शिवनाथ ४ सोल्पलाका भरतराम कोलीमाथी अनुसन्धानका लागि दोश्रो पटक म्याद थप गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दोश्रो पटक म्याद थप गरिएको हो ।

जय भगवति मेलौली सुनचाँदी

१९ गते पहिलो पटक १० दिनका लागि म्याद थपिएकोमा फेरी दोश्रो पटक पनि १० दिनका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरिक्षक लोकराज अवस्थीले जानकारी दिए । पहिलो पटक मंसिर १९ गते अदालतबाट १० दिनका लागि म्याद थपिएकोमा मंसिर २९ मै म्याद सकिएको हो । अब फेरी १० दिन म्याद थप गरिएको छ ।

सशस्त्र प्रहरी जवान समेत रहेका कोलीले मायालाई शिवनाथ गाउँपालिका ६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएर हत्या गरेका थिए  भने मायासँगै आएकी नेहा लुहार घाइते अवस्थामा भेटिएकी थिइन् ।
त्यसपछि कोलीको नाममा मृतक मायाका आफन्तले उजुरी दिएका थिए । कोलीलाई १८ गते कञ्चनपुर प्रहरीले महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी जवान समेत रहेको भारराम कोलीले हत्या गरेको स्वीकार गरीसकेको प्रहरी श्रोतले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page