


बैतडी -बैतडीको पाटन नगरपालिकाले बर्खास्त गरेका योजना साखा प्रमुख सहित थप दुई जना प्राबिधिकहरुले नगरपालिकाको निर्णय प्रति ध्यानाकार्षण भएको जनाएका छन् । आज एक बिज्ञप्ती जारी गर्दै आफुहरुलाई कुनै जानकारी नदिइ राजनितिक पुर्वाग्रही राखेर जिम्मेजारीबाट हटाएको बताएका छन् । नियमानुसार काम गर्दागर्दै व्याक्तिगत र सार्बजनिक प्रतिष्ठामा समेत आच आउनेगरी पुर्वाग्रही ढंगले सेवाबाट हटाएको निर्णय प्रति बिज्ञप्ती मार्फत भत्र्सना समेत गरेका छन् । आफुहरुको कार्यसम्पादनमाथी गुणस्तरको कुरा उठाउदै बिना कारण आफुहरुलाई पदबाट हटाएको सयुक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘कुरा रोजगारीको होइन, प्रतिष्ठाको हो हामि प्राविधिकहरु योज्ञता र क्षमताअनुसार जुनसुकै स्थानमा सेवा गरी स्वरोजगार बन्न नसक्ने होइनाँै, तथापी विना कारण बिना औचित्य नेपालको प्रचलित कानुन बमोजिम पेशागत संघसंगठनमा हुदै गर्दा राजनितिक पुर्वाग्रही राखी गरेको उक्त अन्यापूर्ण निर्णयको जतिसुकै निन्दा र भत्र्सना गरेपनि कमै हुन्छ’ बर्खास्तीमा परेका तिनै जना प्राविधिकले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।
नगर क्षेत्रभित्रका बिभिन्न योजनाको अनुगमन गर्दा निर्माणका बखत ब्यापक त्रुटी भएको भेटिएको थियो । नगरपालिकाकै प्रशासनीक भवनमा समेत ब्यापक त्रुटी देखिएपछि नगरपालिकाको आलोचना भएको थियो । त्यसपछि पाटन नगरपालिकाले शनिबार आकस्मीक बैठकबाट ती प्राबिधिकहरुलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।




