Vutla
Laxmibhuwan sun chadi

बैतडीको पाटनमा शिक्षक मृत्यु प्रकरणः न्यायको माग गर्दै बिद्यार्थीहरु आन्दोलित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पाटन नगरपालिका ६ स्थित कृष्ण माविमा अध्यापन गराउदै आउनु भएका शिक्षक धन बहादुर बिष्टको हत्या गरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । आज बिहानै देखि कृष्ण मावि र पाटन बहुमुखी क्याम्पबाट बिद्यार्थीहरुले शिक्षक बिष्टको हत्या गरिएको र उनलाई न्याय दिनुपर्ने भन्दै आन्दोलित भएका हुन् ।

जय भगवति मेलौली सुनचाँदी

शिक्षक बिष्टको शरिरमा चोट देखिएका कारण हत्या भएको आसंका गरिएको छ । ‘अनुहारमा चोट छ, दात  र नाक भाचिएको छ, छातीमा समेत चोट छ, यो हत्या नै हो,’ आफन्त लोकेन्द्र बिष्टले भने । शरिरको अगाडी पट्टीमात्रै चोट रहेकाले यो हत्या गरिएको सहजै भन्न सकिने उनको दाबी छ ।

प्रहरीमा समेत हत्या भएको आसंकामा निवेदन दिइएको र अनुसन्धान अघि नबढेसम्म शव समेत नबुझ्ने आफन्तले अडान राखेका छन् ।  घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

शनिबार दिउसो कृष्ण माविका छात्रबास रहेको ठाउँबाट अन्ताजी ३० मिटर तल शिक्षक बिष्ट मृत फेला परेका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page