



बैतडी -शिक्षक मृत्यु प्रकरणमा सत्य तथ्य छानबिनको माग गर्दै शिक्षक संघ संगठनहरुले पनि माग गरेका छन् । सयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षक संघ संगठनले घटनाको सत्यतथ्य छानबिनको माग गरेका हुन् । मृत्यु प्रकरण हेर्दा शंकास्पद र रहस्यमय भएको आभास भएको बताइएको छ । घटनाको निस्पक्ष छानबिन गरि सत्य तथ्या विवरण सार्बजनिक गर्न र दोषी पत्ता लगाएर कारवाहीको जोडदार माग गरिएको छ ।
उक्त घटनाको बिरोध एवं छानबिनको लागि सरोकार वाला निकायले दबाबका लागि पुष ५ गते मंगलबार अर्थात् आज नगरपालिकाका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द रहने समेत विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।
नेपाल शिक्षक संथठन पाटनका अधयक्ष लक्ष्मण सिंह बोहरा, नेपाल राष्ट्रिय शिक्षक संगठनका पाटन अध्यक्ष गोपालदत्त भट्ट, एकीकृत अखिल नेपाल शिक्षक संगठन पाटन अध्यक्ष बिर सिंह ठगुन्ना, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिव धन बहादुर महरा, एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश कमिटि सदस्य लोकराज भट्ट, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला बरिष्ठ उपाध्यक्ष देव सिंह ठगुन्ना, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला सचिव लक्ष्मीदत्त भट्ट, नेपाल शिक्षक संघ प्रदेश कमिटि सदस्य कृष्ण सिंह बिष्ट, राहात शिक्षक संगठन जिल्ला अध्यक्ष राम बहादुर कुुँवरले सयुक्त बिज्ञप्ती जारी गरेका छन् ।




